बर्थडे बोइ केलिएन एम्बाप्पेले गोल गरेपछि लि वानमा पिएसजी विजयी भएको छ। जन्मदिनमा एम्बाप्पेले २ गोल गरेपछि पिएसजीले मोट्जलाई ३–१ले हरायो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४९औं मिनेटमा पोर्चुगिज मिडफिल्डर भिटिन्हाको गोलमा पिएसजीले सुरुआती अग्रता लियो।

६०औं मिनेटमा कप्तान एम्बाप्पेले टिमको अग्रता दोब्बर बनाए। माथिएल उडोलले ७२औं मिनेटमा गोल गर्दै मेट्जलाई खेलमा फर्काउने प्रयास गरे। तर, एम्बाप्पेले ८३औं मिनेटमा गोल गरेपछि पिसजी ३–१ले विजयी भयो।

यही खेलमार्फत एमबाप्पेका भाइ १६ वर्षीय एथानले पिएसजीका लागि डेब्यू गरेका छन्। उनी दोस्र्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा म्यनुअल उगार्टेको स्थानमा मैदान प्रवेश गरेका थिए।,

जितपछि पिएसजीले १७ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा छ। लेन्सलाई २–०ले हराएको नाइस ३५ अंकसहित दोस्रो स्थानमा छ भने मोनाको ३३ अंकसहित तेस्रो स्थानमा छ।

Back To Top