पिएसजीका तीनसहित लिग वानका ७ खेलाडीमा कोरोना संक्रमण

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ३ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप गरिएको परीक्षणमा ३ खेलाडीमा कोरोना देखिएको हो ।

३ खेलाडीसहित अन्य केही स्टाफहरुमा पनि कोराना देखिएको बताइएको छ । तर, उनीहरु संख्या भने खुलाइएको छैन । पिएसजीले विज्ञप्ति निकाल्दै ३ खेलाडी र केही स्टाफमा कोरोना देखिएको जनाएको छ ।

यसैगरी लिग वानकै अर्को क्लब टुलुजका ४ खेलाडीमा पनि कोरोना संक्रमण देखिएको छ । लकडाउनको समयमा एक आपसमा सम्पर्कमा नरहेकोले अन्य कसैलाई पनि कोरोना नसरेको क्लबहरुले जनाएका छन् ।

फ्रेन्च लिग वान रद्द भएपनि यस सिजनको अन्य प्रतियोगिता बाँकी रहेकोले क्लबहरुले आगामी साताबाट प्रशिक्षण सुरु गर्दैछन् । दुई फाइनलसहित पिएसजीले च्याम्पियन्स लिग पनि खेल्ने छ ।

फ्रेन्च लिग वान कोरोना महामारीक कारण रद्द गरिएको थियो । पीएसजीलाई उपाधि विजेता घोषित गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.