एम्बाप्पे चम्किँदा पिएसजी विजयी

फ्रेन्च युवा स्ट्राइकर केलियन एम्बाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (ििपएसजी) लिग वानमा जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा एम्बप्पेले २ गोल गरेपछि पिएसजीले निम्बसलाई उसकै मैदानमा ४–०ले हराएको छ ।

स्टार स्ट्राइकर नेमारविनै मैदान उत्रिएको पिएसजीको जितमा एम्बाप्पेका अलावा लेसेन्ड्रो फलोरेन्जी र पाउलो साराबियाले गोल गरेका थिए । पिएसजीले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो ।

१२औं मिनेटमै १० खेलाडीमा सीमित बनेपछि निम्स दबाबमा आएको थियो । पिएसजीका स्ट्राइकर राफिन्हालाई फाउल गरेपछि लोइक लान्ड्रोले सिधै राता कार्ड पाएपछि निम्स १० खेलाडीमा सीमित बनेको थियो ।

३२औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । ७७औं मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीले पिएसजीको अग्रता दोब्बर बनाए । एम्बाप्पले ८३औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अघि बढाए । खेल सकिन दुई मिनेटअघि पाब्लो सरबियाले गोल गर्दै लिग वान च्याम्पियनलाई ४–० को शानदार जित दिलाए ।

एभर्टनबाट लोनमा आएका फरवार्ड मोइस केन र बार्सिलोनाबाट आएका राफिन्हाले पिएसजीबाट डेब्यु गरेपपिन गोल गर्न भने असफल रहे । पीएसजी ७ खेलबाट १५ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निम्स ८ अंक सहित १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP