सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

टोटनहमविरुद्ध पिएसजीको सानदार पुनरागमन, पेनाल्टीमा जित्यो युईएफए सुपर कप

[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

युईएफए सुपर कपको उपाधि पिएसजीले जितेको छ। बुधबार राति इटालीको उडिनेमा भएको फाइनलमा पिएसजीले पेनाल्टी सुटआउटमा टोटनहमलाई ४–३ले हराउँदै सुपर कप उपाधि जितेको हो।

खेलमो २ गोलले पछि परेको अस्थामा उत्कृष्ट पुनरामगन गर्दै पिएसजी च्याम्पियन बनेको हो। पिएसजी च्याम्पियन्स लिग र टोटनहम युरोपा लिग विजेता हुन्।

निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पिएसजीका भिटिन्हा गोल गर्न चुक्दा गोन्सालो रामोस, उसमान डेम्बेले, लि काङ इन र नुनो मेन्डिसले गोल गरेका थिए।

यता, पेनाल्टीमा टोटनहमका म्याथिस टेल र मिकी भान डे वेन गोल गर्न चुके। उसका डोमिनिक सोलन्के, रोड्रिगो बेन्टान्कुर र पेड्रो पोरोले गोल गरेका थिए।

त्यसअघि खेलमा अग्रता भने टोटनहमले लिएको थियो। ३९औं मिनेटमा भान डे वेनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। ४८औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गरेपछि टोटनहमले २–०को अग्रता लियो।

तर, ८५औं मिनेटमा कान इनले गोल गर्दै पिएएसजीलाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा रामोसले डेम्बेलेको पासमा गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए। त्यसपछि खेल टाइब्रेकरमा गएको थियो।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]
1.3Kशेयर