भिनिसियस र रामोसको गोलमा रियल पुनः शीर्ष स्थानमा

युवा स्ट्राइकर भिनिसियस जुनियर र कप्तान सर्जियो रामोसले गोल गरेको खेलमा जित निकँल्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले रियल मार्लोकालाई २–०ले हरायो ।

जितसँगै हेड टु हेडमा बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा उक्लिएको हो । ३१ खेलमा रियल र बार्सिलोना दुवैको समान ६८ अंक छ ।

ब्राजिलियन खेलाडी जुनियरले खेलको १९औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म रियललाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको ५६औं मिनेटमा रामोसले गोल गर्दै रियललाई २(० गोलको जित दिलाए। यो गोलसँगै रामोसले जारी सिजनमा १० गोल पूरा गरेका छन्।

बुधबार राति नै भएका अन्य खेलमा ओसासुनाले अलाभेसलाई १–० ले पराजित गर्दा सेल्टाभिगोले रियल सोसाइडेडलाई १–० ले नै पराजित गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.