रियल मड्रिड कोपा डेल रेको अन्तिम १६मा

7 Jan, 2024

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६मा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४ गोल नै दोस्रो हाफमा भएको थियो।

५४औं मिनेटमा जोसुलोले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। लगत्तै ५५ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता दोब्बर बनाए।

अतिरिक्त समयमा रोड्रिगोले गोल गर्दै ३–० को अवस्थामा पुगेको थियो। अतिरिक्त समयमै नाचोले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–१मा आयो।

यही खेलमार्फत टर्किस युवा स्टार अर्डा गुलेरले रियलका लागि डेब्यू गरे। पहिलो सुरुआती ११ मै थिए। सिजनको सुरुआतमै रियलका आएका उनले चोटले सताएपछि सिजनको मध्यभागमा मात्र डेब्यूको मौका पाए।

यस्तै, अन्य खेलमा अलाभेसले रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दा भालकानोले हुएस्कालाई २–०ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।

त्यसैगरी जिरोनाले एल्चमाथि २–० को जित निकाल्दा गेटाफेले स्पानियोललाई १–० तथा एथ्लेटिको मड्रिडले लुगोलाई ३–१ ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।