बेसिटसँग रोकियो रियल

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले बेटिससँग अंक बाड्नु परेको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ ।

रियलले ३३ खेलमा ७१ अंक जोडेको छ । रियल दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ७३ अंक छ । बेटिस ५० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अर्को खेलमा भ्यालेन्सियाले डिपोर्टिभो अल्भेससँग ११ गोलको बराबरी खेलेको छ । त्यस्तै इल्चेले लेभान्टेलाई १० ले हराएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.