एम्बाप्पेको गोलमा रियल विजयी, एट्लेटिको पराजित

9 Feb, 2026
Share:
117 Shares

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जित निकालेको छ।

रियलले भ्यालेन्सियामाथि उसैको मैदानमा २–० को जित निकालेको हो। रियलको जितमा अल्भारो कारेरास र किलियन एमबाप्पेले एक(एक गोल गरे ।

दुवै गोल दोस्रो हाफमा भएका थिए। ६५औं मिनेटमा कारेरासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले गोल गरेपछि रियल २–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको रियल २३ खेलबाट ५७ अंक जोडेको छ र बार्सिलोनासँगको अंकदूरी फेरि १ मा झारेको छ । बार्सिलोनाको ५८ अंक छ। पराजित भ्यालेन्सिया २३ अंकसहित १७औं स्थानमा छ।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिड रियल बेटिससँग पाजित भएको छ। एन्टोनीको निर्णायक गोल मद्दतमा बेटिसले एट्लेटिकोलाई १–०ले हरायो।