जिरोनासँग रियलको निराशाजनक बराबरी, उपाधि होडबाट बाहिरँदै

11 Apr, 2026
Share:
117 Shares

रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि होडबाट विस्तारै टाढिएको छ। शुक्रबार राति भएको खेलमा जिरोनासँग १–१को बराबरीमा रोकिएसँगै रियल उपाधि होडबाट टाढिँदै गएको हो।

लागतार तेस्रो खेलमा जित निकाल्न असफल भएपछि रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंकले पछि परेको छ। १ खेल कम खेलेको बार्सिलोनाको ७६ र रियलको ७० अंक छ। लिगमा अब ७ खेल मात्र बाँकी छ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा फेडेरिको भालभर्डेले ५१औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर थोमस लेमारले ६२औं मिनेटमा बराबरी गोल फर्काए ।

रियलका स्टार खेलाडीहरू किलियन एमबाप्पे, भिनिसियस जुनियर र जुड बेलिङहमले अपेक्षित प्रदर्शन गर्न सकेनन्।