सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

एइके एथेन्समाथि रियलको उत्कृष्ट पुनरामगन जित

च्याम्पियन्स लिगमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ। बुधबार राति अल्विन एरिनामा भएको खेलमा २ पटक पछि परेको अवस्था उल्टाउँदै रियलले घरेलु टोली एइके एथेन्समाथि ३–२ को उत्कृष्ट पुनरागमन जित निकाल्यो।

रियल मड्रिडको जितमा जुड बेलिङ्घम, किलियन एम्बाप्पे र फेडेरिको भाल्भर्डेले गोल गर्दा एथेन्सका लागि स्टाभ्रोस पिलियोस र अबुबकरी कोइटाले गोल गरे।

खेलमा सुरुवाती अग्रता भने एथेन्सले नै लियो। १२औँ मिनेटमा कोइटाले गोल गरेका थिए। तर, ३२औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

७५औँ मिनेटमा पिलियोसले गोल गर्दै एथेन्सलाई फेरि अग्रता दिलाएका थिए। तर, खेलको ७८औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।

बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयको पहिलो मिनेटमा भाल्भर्डेले डिबक्स बाहिरबाट सानदार गोल गरेपछि रियलले खेल ३–२ले विजयी भयो। खेल सकिएपछि रेफ्रिसँग प्रतिवाद गरेपछि एथेन्सका कोइटाले रातो कार्ड पाएका थिए।

च्याम्पियन्स लिगमा यो सिजन रियलले शतप्रतिशत जित निकालेको छ। उसको ४ खेलमा १२ अंक भएको छ। एथेन्सको ४ खेलबाट ३ अंक मात्र छ।

सेयर गर्नुहोस्

21Shares