बिल्बाओलाई हराउँदै रियल उपाधि होडमै

स्पेनिस ला लिगामा एथ्लेटिको बिल्बाओलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आफूलाई उपाधि होडमा कायमै राखेको छ।

नाचो फनान्डेजको निर्णायक गोल मद्दतमा रियलले आइतबार राति बिल्बओलाई १–०ले हराउँदै उपाधि होड कयामै राखेको हो।

खेलको ६८ औं मिनेटमा क्यासिमिरोको पासमा नाचोले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै ३७ खेलबाट ८१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ।

शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको रियलको उपाधि सम्भावना कायमै छ। पराजित बिल्बाओ ४६ अंकका साथ नवौं स्थानमा रहेको छ।

Facebook Comments Box