लेइपजिगसँग बराबरी खेल्दै रियल क्वाटरफाइनलमा

7 Mar, 2024

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको अन्तिम १६को दोस्रो लेगमा जर्मन क्लब आरबी लेइपजिगसँग १–१को बराबरी खेल्दै समग्रमा २–१को जितसहित रियल क्वाटरफाइनलमा पुगेको हो।

पहिलो लेगमा रियल १–०ले विजयी भएको थियो। पहिलो लेगको जितले नै रियललाई अघिल्लो चरण पु¥यायो।

सान्टियागो बर्नाबेउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए।

तर, त्यसको ३ मिनेट पछि नै लेइपजिगले बराबरी गोल फर्कायो। उसका लागि ६८औं मिनेटमा विली ओब्रामले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा खेल १–१को बराबरीमा सकियो।