
रोड्रिगोको गोलमा रियल विजयी
ब्राजिलियन स्ट्राइकर रोड्रिगोको निर्णायक गोलमा स्पेनिस कोपा डेल रेमा रियल मड्रिड विजयी भएको छ। मंगलबार राति भएको खेलमा रियलले दोस्रो डिभिजन क्लब कासेरेनोमाथि १–०को जित निकाल्यो ।
कासेरेनोको मैदानमा भएको खेलमा ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए। उलने ड्यानी सेबायोसको पासमा गोल गरेका थिए। त्यसपछि खेल गोल नहुँद रियल विजयी भयो।
खेलमा रियलले अधिकांश पहिलो रोजाईका खेलाडीलाई आराम दिएको थियो । उसले भिनिसियस जुनियर, करिम बेन्जिमा, लुका मोड्रिच, थिवो कोर्टुवा, डेभिड अलवा, टोनु क्रुसलाई आराम दिएको थियो।