
बेन्जिमा चम्किँदा रियलको जित
स्टार स्ट्राइकर करिम बेन्जिमा चम्किएपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शुक्रबार राति भएको खेलमा बेन्जिमाले अन्तिम ७ मिनेटमा दुई गोल गरेपछि रियलले रियल भालाडोलिडमाथि २–०को जित निकाल्यो ।
चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत रियललार्य अग्रता दिलाए । सर्जियो लियोनले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा रियलले पेनाल्टी पाएको थियो। उनी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
त्यसको ६ मिनेटपछि बेन्जिमाले नै रियलको अग्रता दोब्बर बनाए। ८९औं मिनेटमा उनले एडवार्डो कामाभिंगाको पासमा गोल गर्दै रियललाई जित दिलाए।
खेलमा रियलले ६३ प्रतिशत बल पोजेसन बनाउँदै १९ सट प्रहार गर्दा ७ सट फ्रेममा थियो । यता, भालाडोलिडले १४ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो।
यो जितपछि रियल शीर्ष स्थानमा उक्लिएको छ। १६ खेलपछि रियलको ३८ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ३७ अंकसहित दोस्रो स्थानमा छ। भालाडोलिड भने १७ अंकसहित १५औं स्थानमा छ।