
अल नासरसँग सम्झौता गरेपछि रोनाल्डोले भने– नयाँ देश र नयाँ लिग खेल्न उत्साहित छु
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन्। उनले अल नासरसँग प्रतिवर्ष १७५ मिलियन पाउण्ड पाउने गरी २ वर्षका लागि अनुबन्धन गरेका हुन्।
अल नासरसँग सम्झौता गरेपछि रोनाल्डोले आफू नयाँ लिग खेल्न उत्साहित भएको बताएका छन्। ‘म फरक देश र फरक लिग खेल्दै नयाँ अनुभवका लागि रोमाञ्चित छु,’ सम्झौतापछि ३७ वर्षीय रोनाल्डोले भने, ‘क्लब साथीहरुलाई भेट्न पनि उत्साहित छु। र, नयाँ सफलता दिलाउन सहयोग गर्न चाहन्छु।’
रोनाल्डोले क्बलको भावी योजनाले प्रभावित गरेका आफू अल नासर आएको बताएका छन्। रोनाल्डो फ्रि ट्रान्सफरमा अल नासर आएका हुन्।
अल नासरसँग सम्झौता गरेसँगै रोनाल्डो सर्वाधिक कमाउने खेलाडी बनेका छन्। उनले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि परेका हुन्। पिएसजीमा उनले प्रतिवर्ष १०३.४ मिनिलिय युरो पाउँछन्।
२ वर्ष पछि रोनाल्डो साउदी मै रहने छन्। त्यसपछि थप ५ वर्ष उनी साउदीको एम्बासडर बन्ने छन्।