रोनाल्डोको गोलमा अल नासर विजयी

23 Dec, 2023

साउदी प्रो लिगमा अल नासर विजयी भएको छ। रोनाल्डोले गोल गरेको खेलमा शुक्रबार राति अल नासरले अल इत्तिफाकमाथि ३–१को जित निकाल्यो।

अल नासरको जितमा रोनाल्डोसँग एलेक्स टेलेस र मार्सेलो ब्रोजोभिचले पनि गोल गरे भने इत्तिफाकका मोहम्मद अल कावाकिवीले गोल गरेका थिए।

४३औं मिनेटमा डिबक्स बाहिरबाट टेलेसले भलीमा उत्कृष्ट गोल गर्दै अल नासरलाई अग्रता दिलाए। ५९औं मिनेटमा ब्रोजोभिचले टिमको अग्रता दोब्बर बनाए।

७३औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गदैृ टिमलाई ३–०को अवस्थामा ल्याए। सन् २०२३मा रोनाल्डोको यो ५१औं गोल हो। यो वर्ष सर्वाधिक गोल गर्ने सूचीमा उनी दोस्रो स्थानमा छन्। उनी भन्दाअघि बायर्न म्युनिखका ह्यारी केन मात्र छन्। उनले ५२ गोल गरेका छन्। अझै २ खेल बाँकी रहेकाले रोनाल्डो यो वर्ष सर्वाधिक गोल गनर््े खेलाडी बन्न सक्छन्।

८५औं मिनेटमा किवाकिवीले इत्तिफाकका लागि सान्त्वना गोल गरे।

प्रो लिगमा १७ खेलमा ४० अंकसहित अल नासर दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको अल हिलाल ५० अंकसहित शीर्ष स्थानमा छ। इत्तिफाक भने २४ अंकसहित आठौं स्थानमा छ।