नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्। व्यवसायिक फुटबलका लागि सावित्रा इजरायली क्लब हापोएल रानानामा आबद्ध भएकी छिन्।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्राले युरोपमा खेल्ने आफ्नो सानै देखिएको भएको बताउँदै अहिले त्यो पुरा हुनै लाग्दा अन्त्यन्त खुसी भएको बताएकी छिन्।
दुई फरक टिमबाट लागतार तेस्रो सिजन भारतको आई लिग उपाधि जितेकी सावित्राले यो सिजन आई लिगमा २९ गोल गरेकी थिइन्। त्यही प्रदर्शनले सावित्रालाई आफ्नो सपना साकार गर्ने बाटोमा डोहो¥याएको हो।
‘सपना पुरा हुने बाटोमा छ । यो मेरा लागि व्यक्तिगत रुपमा एकदमै खुसीको कुरा त हुँदै हो । सँगै नेपाली महिला फुटबलकै लागि खुशी र उपलब्धि हो भन्ने लागेको छ। एकदमै राम्रो लागेको छ, अन्त्यन्त खुसी छु,’ गोल मेसिनको परिचय बनाएकी सावित्राले भनिन् ।
सन् २०१४मा नेपाली राष्ट्रिय टिमको मुख्य स्ट्राइकर रहेकी सावित्राले थपिन्, ‘पहिलेदेखिनै एउटा सपना थियो। अहिले त्यो सपनाको बाटोमा छु, त्यही सपना पछ्याउँदै पाइला चालिहरेको छु, सपना पूरा हुन बाँकी छ।’
सावित्राले यो यात्रालाई आफ्नो खेल करियरको अर्को महत्वपूर्ण स्टेपको रुपमा लिएकी छन् । यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म हुने पनि उनले बताइन्।