क्लब फुटबलफुटबल

महिला च्याम्पियन्स लिगमा साबित्राको टिम पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना इजरायलमा जारी एथेना कपको सेमिफाइनलमा पराजित भएको छ।

बिहीबार राति भएको सेमिफाइनल खेलमा हापोएल त्यहाँको लिग च्याम्पियन टोली किर्यात गातसँग ३–० ले पराजित हुँदै बाहिरिएको हो।

युइएफए महिला च्याम्पियन्स लिग २०२३–२४ को छनोट खेल्ने तयारीमा रहेको किर्यात विरुद्ध हाफोएल रानानाले अघिल्लो खेलमा भन्दा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन।

किर्यातले अर्को महिला च्याम्पियन्स लिग छनोटमा हंगेरियन क्लब फेरेनसिभारोससँग खेल्दैछ।

सावित्राले हापोएन रानानाका लागि डेब्यु खेलमा एक गोल र एक असिस्ट गरे पनि त्यसयता दुई खेलमा उनले गोल गर्न सकेकी छैनन्। आफ्नो समूहमा उपविजेता बन्दै हापोएल रानाना सेमिफाइन पुगेको थियो।