नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार सावित्रा भण्डारी साम्बाले इजरायली लिगमा सानदार डेब्यू गरेकी छिन्।
इजरायली शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाका लागि शुक्रबार राति डेब्यू गरेकी सावित्राले ह्याट्रिसहित ४ गोल गर्दै डेब्यूलाई सानदार बनाइन्।
सावित्राले रामात हाशोरोनविरुद्ध ४ गोल गरेकी हुन् । खेल रानानाले ४–०ले जितेको थियो।
यसै सिजन मात्रै मात्र युरोपमा क्लब फुटबल खेल्ने इजरायलको क्लबमा अनुबन्ध भएकी सावित्राले यसअघि एथेना कप खेलेकी थिइन्। तर उनी सम्मिलित हापोएल रानाना सेमिफाइनलबाटै बाहिरिएको थियो।
सावित्रा इजरायलमा लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्। भारतीय लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि हानानाले सावित्रालाई अनुबन्धन गरेको थियो।