सावित्राको गोलमा गोकुलम सेमिफाइनलमा

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेपछि गोकुलम केरला एफसी इन्डियन वुमन लिगको सेमिफाइलनमा पुगेको छ । लिगको अन्तिम खेलमा विदेश ११ एफसीलाई ५–०ले हराउँदै गोकुलम अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

बैंगलोरमा शुक्रबार भएको समूह चरणको अन्तिम गोकुलमलाई जित दिलाउन सावित्राका अलवा कमला देवी, उमापथी, क्रिश्माले एक एक गोल गरिन् । गोकुलमले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

लागतार दोस्रो वषएपनि उत्कृष्ट प्रदर्शन गरेकी सावित्राले लिगका ५ खेलमा २ ह्याट्रिकसहित १६ गोल गरेकी छिन् । सावित्राले लिगअघिको प्लेअफ खेलमा पनि ३ गोल गरेकी थिइन् । सावित्रा लिगको टप स्कोरर हुन् ।

सावित्राले अघिल्लो सिजन पनि इन्डियन वुमन लिगमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । अघिल्लो सिजन सेथु एफसीबाट खेलेकी उनले टिमलाई च्याम्पियन बनाउने क्रममा ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.