सावित्राले ५ गोल गर्दा इराकमाथि नेपालको सानदार जित

23 Feb, 2024

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले लागतार दोस्रो जित निकालेको छ। साउदी अरेबियामा जारी प्रतियोगितामा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ५ गोल गरेपछि नेपालले इराकलाई ५–०को फाराकिलो अन्तरले हरायो।

यसअघि नेपालले पहिलो खलमा सिरियालाई ३–१ले हराएको थियो। लागतार दोस्रो जितसँगै नेपाल समूह बीबाट एक खेल बाँकी छँदै समेािफाइनलमा पुगेको छ। यो समूहबाट प्लेस्टाइन पनि सेमिफाइनलमा पुगेको छ। अब नेपाल र प्यालेस्टाइनले समूहको अन्तिम खेल खेल्नेछन्।

सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन्। जेद्दाहस्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा विपक्षीमाथि पूर्ण रुपमा हावी बनिन्।

उनले पहिलो हाफमा १४औं १६औं ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै ४४औं मिनेटममा चौथो गोल गरिन्। दोस्रो हाफमा पनि उनले एक गोल थपिन्। उनले ७९औं मिनेटमा पाँचौ गोल गरेकी थिइन्।

नेपालका लागि सावित्राको यो पाँचौ ह्याट्रिक हो। यसअघि उनले माल्दिभ्स विरुद्ध दुई तथा भुटान र कीर्गिस्तानविरुद्ध समान एक ह्याट्रिक गरेकी थिइन्।

फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा फ्रान्सबाटै साउदी अरेबिया पुगेर नेपालको लागि खेलकी सावित्राले सिरिया विरुद्ध पहिलो खेलमा १ गोल मात्र गरेकी थिइन्।