कतारमा उपचार गर्दै नेपाल फर्कँदै सावित्रा, केही सातामै मैदान फर्कने

Read Time:2 Minute

नेपाली महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी घुँडाको उपचार गरेर मंगलबार नेपाल फर्किने भएकी छिन् । कतारस्थित विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा घुँडाको शल्यक्रिया गरेपछि उनी ६ महिनादेखि अस्पतालमै ग्राउण्ड रिहावमा थिइन्।

आइबार गरिएको परीक्षणमा सावित्राको घुँडामा कुनै समस्या देखिएपछि अस्पतालले उनलाई डिस्चार्स दिएको छ । अस्पतालले डिस्चार्ज दिएपछि नेपाल फर्कन लागेको उनले बताइन् ।

नेपाल फर्किएपछि पनि ग्राउन्ड रिहाब गर्नुपर्ने उनले बताइन् । ‘नेपाल आएर डाक्टर र फिजियोलेको सल्लाह अनुसार नै ग्राउन्ड रिहाब गनुपर्छ। त्यसका लागि के गर्ने सबै सिकाउनु भएको छ,’ उनले भनिन्, ‘अबको केही सातामै मैदान फर्कन्छु।’

सावित्राले छिटो भन्दा छिटो पुरानै लयमा फर्कन प्रयास गर्ने बताइन् । नेपालको जर्सीमा अझै धेरै गर्न बाँकी रहेको बताउँदै पुरानै उनले त्यसलाई पुरा गर्न प्रयत्न गर्ने बताइन्।

महिला राष्ट्रिय लिगका क्रममा सावित्राको घुँडामा चोट लागेको थियो । त्यसपछि उनी गत असार १२ गते उपचारका लागि कतार पुगेकी थिइन् । उनको उपचारमा अखिल नेपाल फुटबल संघले सहयोग गरेको हो।

यसअघि यही अस्पतालमा नेपाली राष्ट्रिय टिमका विमल घर्तिमगर र विक्रम लामाले पनि उपचार गराएका थिए । उनीहरु मैदान फर्किसकेका छन्।

एन्टेरिएर क्रुसिएट लिगामेन्टको उपचाकार लागि अस्पेटार अस्पताल प्रसिद्ध छ । यहाँ विश्व फुटबलका थुप्रै स्टार खेलाडीहरुले पनि उपचार गराएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इन्स्टामा रोनाल्डोको नयाँ कीर्तिमान
Next post नटिंघम फरेस्टसँग हारेपछि लेस्टर प्रशिक्षक रोजर्सले भने– खेलाडीले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ
Close