व्यवसायिक फुटबलमा सावित्राको छलाङ, फ्रेन्च लिग वान खेल्ने

30 Jan, 2024

नेपाली महिला फुटबल टिमकी अहिलेसम्मकै उत्कृष्ट खेलाडी हुन् सावित्रा भण्डारी। राष्ट्रिय टिममा जस्तै व्यवसायिक फुटबलमा पनि सावित्राले छलाङ मारिरहेकी छिन्।

युरोपमा व्यवसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी सावित्रा अब अर्को युरोपियन लिग लागेकी छिन्।

इजरायलको लिग खेल्दै युरोपियन फुटबलको मजा लिएकी सवित्राले अब फ्रेन्च महिला लिग खेल्ने भएकी छिन्। इजराजय र हमाल युद्धका कारण लिग बीचमै रोकिएपछि उनले त्यहाँ केही खेल मात्र खेल्ने अवसर पाएकी छिन्।

सावित्रा फ्रेन्च लिग वान क्लब आर्केमा आबद्ध भएको बताइएको छ। मेडिकल दिन सावित्रा फ्रान्स प्रस्थान गरिसकेको बताइएको छ। सावित्राको अनुबन्धनको औपचारिक घोषणा भने भएको छैन। मेडिकल परीक्षण पश्चात औपचारिक घोषणा हुने बताइएको छ।

लिग वान युरोपियन महिला फुटबलमा उत्कृष्ट लिगमा पर्छ। लियोन विश्व फुटबलकै सफल क्लब मध्ये एक हो।