साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट, एपिएफ उपविजेतामै सीमित

20 Dec, 2025
Share:
117 Shares

पहिलो संस्करणको साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधि भारतको इंस्ट बंगाल फुटबल क्लबले जितेको छ। 

दशरथ रंगशालामा शनिबार साझ भएको फाइनलमा घरेलु टोली एपिएफ क्लबललाई ३-०ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। उसले प्रतियोगिताभर अपराजित रहेको उसले एकै गोल पनि खाएन।

इस्ट बंगाललाई च्याम्पियन बनाउने क्रममा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने सिल्किदेवी हमामले गोल गरे। सिल्किदेवी प्लेअफ अफ दी फाइनल पनि भइन्।  

२२औँ मिनेटमा कप्तान इक्वापुटले इस्ट बंगाललाई अग्रता दिलाइन्। ३५औं मिनेटमा इस्ट बंगालले अग्रता दोब्बर बनायो। उसका सिल्कीदेवीले गोल गरेकी थिइन्। 

पहिलो हाफमा २ गोलले पछि परेको एपिएफाले दोस्रो हाफको १५ सेकेन्डमै गोल खाएको थियो। डिफेन्सको गल्तीमा इक्वापुटले प्रहार गरेको फितलो प्रहारमा गोलकिपर अञ्जनाले पनि गल्ती गर्दा गोल भएको थियो।

खेलमा एपिएफले पनि गोलको अवसर सिर्जना गरेको थियो। तर, एपिएफका खेलाडीहरु फिनिसिङमा चुके।