सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

टोनी क्रुसले फिर्ता लिए सन्न्यास, युरोकप खेल्ने

जर्मन भेट्रान मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिएका छन्। सन् २०२१मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका ३४ वर्षीय क्रुसले बिहीबार सन्न्यास फिर्ता लिने घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि रियल मड्रिडका लागि थप उत्कृष्ट प्रदर्शन गरिहेका क्रुसले जर्मन टिमका मुख्य प्रशिक्षक जुलियन नगेल्सम्यानसँग लामो छलफल गरेपछि सन्न्यास फिर्ता लिएका हुन्।

यो सँगै क्रुस अब यसैवर्ष घरेलु मैदानमा हुने युरोकपमा जर्मनीको जर्सीमा देखिनेछन्। सन् २०१४ मा जर्मनीलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रुसले राष्ट्रिय टिमबाट १०६ क्याप जितेका छन् ।

सन्न्यास फिर्ता लिँदै क्रुसले आफू मार्चदेखि जर्मनीको टिममा उपलब्ध हुने बताएका छन्। सन्न्यास फिर्ताका विषयमा रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीसँग पनि छलफल गरेको बताउँदै उनले यसलाई रियलमा कुनै समस्या नहुने बताएका छन्। रियलमा उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै छ। रियल उनलाई अझै एक सिजन टिममा राख्न चाहन्छ।

सम्भवतः अर्को महिना हुने फ्रान्स र नेदरल्याण्ड्ससँग मैत्रीपूर्ण खेल मार्फत क्रुस जर्मन टिममा फर्कने छन्।

1.3Kशेयर