सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

यू-१७ साफमा नेपालको विजयी सुरुआत

श्रीलंका जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरआत गरेको छ।

कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा भएको उद्घाटन खेलमा नेपालले आयोजक श्रीलंकालाई २–० ले हरायो।

समूह ए अन्तर्गतको खेलमा नेपाललाई जित दिलाउन दुवै गोल समिर कुमारले गरे। नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

५२औं मिनेटमा समीरले गोल गर्दै नेपाललाई सुरुआत अग्रता दिलाए। उनले प्रतिश थापा मगरले क्रसमा पेनाल्टी हेडमार्फत गोल गरेका थिए। इन्जुरी समयको तेस्रो मिनेटमा उनले गोल गर्दै नेपाललाई २–०को जित दिलाए।

यस समूहमा तीन टिम मात्र रहेकोले नेपालले एक खेल जितेपछि मात्रै पनि सेमिफाइनल पुग्ने सम्भावना बलियो भइसकेको छ। नेपालले अब दोस्रो खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ।

1.3Kशेयर