यू-१७ महिला साफमा नेपालले भारतसँग खेल्दै

29 Aug, 2025
Share:
117 Shares

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बलियो भारतसाग खेल्दै छ।

नेपाल र भारतबीचको यो खेल भुटानको थिम्यूस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

यसअघिका ४ मध्ये ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालका यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो।

भुटानलाई हराएको नेपाल बंगलदादेशसँगका दुवै खेलमा पराजित भएको थियो। ४ खेलमा नेपालको ३ अंक मात्र छ।

यता, भारतले भने शतप्रतिशत नतिजा निकालेको छ। भारत १२ अंकसहित शीर्ष स्थानमा छ। बंगलादेश ९ अंकसहित दोस्रो स्थानमा छ।

४ टिम सहभागी प्रतियोगिता डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ। शीर्ष स्थानमा रहने टिमले उपाधि जित्ने छ।

नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ।