यू-२० एसियन कप छनोटमा नेपालकै समूहको मंगोलियाले नाम फिर्ता लियो, नेपाललाई केही सहज

23 Jul, 2025
Share:
117 Shares

यू–२० महिला एसियन कप छनोटमा नेपाल रहेकै समूहका रहेको मंगोलियाले नाम फिर्ता लिएको छ।

मंगोलियाले नाम फिर्ता लिएसँगै नेपाल रहेको समूह एमा अब उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन्। 

मंगोलियाले नाम फिर्ता लिएसँगै नेपाललाई केही सहज भएको छ। समूहको शीर्ष टिम सिधै र दोस्रो हुने टिमले पनि छनोटको अवसर पाउने छ। सोही कारण नेपाललाई केही सहज भएको हो।

शीर्ष स्थानमा रहँदै एसियन कप पुग्न नेपालको मुख्य चुनौती उत्तर कोरिया हुनेछ। ऊ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। 

यता, भुटान र साउदी अरेबिया भने नेपालभन्दा कमजोर टिम हुन्। यसैसाता सकिएको यू–२० महिला साफमा नेपालले भूटानलाई ६–१ र ८–०ले हराएको थियो। साउदी अरेबिया भुटानभन्दा कमजोर टिम मानिन्छ।

छनोट प्रतियोतिगा भुटानमा अगस्त ६बाट सुरु हुनेछ।