नेपाली यू-२० महिला टिमले युनानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

25 Jan, 2026
Share:
117 Shares

नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

यो खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १७ गते हुनेछ। मैत्रीपूर्ण खेल एन्फा, युनान विश्वविद्यालयको द स्कुल अफ फिजिकल एजुकेसन र नेपाल ओभरसिज चाइनिज एसोसिएसनको आयोजनामा हुनेछ।

खेलका लागि एन्पाmले यामप्रसाद गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। यस्तै, सहायक प्रशिक्षकको जिम्मेवारी सन्देशकुमार श्रेष्ठलाई दिइएको छ भने गोलकिपर प्रशिक्षकमा सञ्जिव जोशी छन्।

एन्फा महासचिव किरण राईले उनीहरू सबैलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।