डर्टमन्डसँग पिएसजी स्तब्ध, ११ वर्ष डर्टमन्डपछि च्याम्पियन्स लिगको फाइनलमा

8 May, 2024

फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति घरलु मैदानमै जर्मन क्लब बोरुसिया डर्टमन्डसँग १–०ले पराजित भएपछि पिएसजी सेमिफाइनलबाटै बाहिरिएको हो।

दुवै लेगमा समान १–०को जितसहित समग्रमा २–०को जितसहित ११ वर्षपछि डर्टमन्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। डर्टमण्ड २०१३ पछि फाइनल पुगेको हो।

पिएसजीको घरमा डर्टमन्डलाई जित दिलाउन म्याट हुमेल्सले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले खेलको ५०औं मिनेटमा जुलियन ब्रान्टको पसामा गोल गरेका थिए।

हारपछि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने केलिएन एमबाप्पेको सपना पनि सकिएको छ। उनी सिजनकाे अन्त्यसँगै रियल मड्रिड जाने पक्का जस्तै छ।

डर्टमण्डले अब उपाधिका लागि १ जुनमा वेम्लीमा हुने फाइनलम रियल मड्रिड र बायर्न म्युनिखको विजेतासँग खेल्नेछ।