जितपछि पनि बाहिरियो बार्सिलोना, एट्लेटिको सेमिफाइनलमा

15 Apr, 2026
Share:
117 Shares

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई २–१ले पराजित गरेपछि बार्सिलोना सेमिफाइनलमा पुग्न असफल भएको हो।

पहिलो लेगमा २–०ले पराजित भएकाले बार्सिलोना समग्रमा ३–२ ले पराजित भयो।

मड्रिडमा भएको खेलको सुरुआतमै बार्सिलोनाले गोल गरेको थियो । चौथो मिनेटमा लामिन यमालले गोल गर्दै टोलीलाई अग्रता दिला । त्यसपछि २४औं मिनेटमा फेरान टोरेसले अर्को गोल थप्दै समग्र स्कोर बराबरी बनाए।

तर ३१औं मिनेटमा एडेमोला लूकमनले गोल गर्दै एट्लेटिकोलाई पुनः समग्रमा अघि ल्याए। त्यसपछि भने कुनै गोल हुन सकेनन्। दोस्रो हाफमा बार्सिलोनाले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन।

७९औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा सीमित भयो। अन्त्यसम्म बराबरी गोल गर्न नसक्दा बार्सिलोनाको पुनरागमन प्रयास असफल भयो।

यस जितसँगै एट्लेटिको मड्रिड भने सेमिफाइनलमा पुगेको छ। अब उसले सेमिफाइनलमा आर्सनल र स्पोर्टिङ सीपीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।