आर्सनल र बायर्नले खेले बराबरी

10 Apr, 2024

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले दुई(दुई गोलको बराबरी खेलेका छन्।

आर्सनलको मैदानमा भएको खेलमा बुकायो शाकाको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। १२ मिनेटमा गोल खाए पनि बायर्नले १८ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि गिनर्बीले गोल गरेका थिए।

३२ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दा बायर्नले खेलमा अग्रता लिन सफल भयो। तर दोस्रो हाफमा आर्सनलका ट्रोसार्डले गोल गर्दै घरेलु टिमको सम्भावित हार टारे।

आर्सनल र बायर्नबीचको दोस्रो लेग १८ अप्रिलमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]