क्लब फुटबलफुटबल

भिनिसियसमाथि रंगभेदी दुर्व्यवहार गर्ने ७ जनालाई कारबाही

रियल मड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार गर्ने ७ जनालाई कारबाही गरिएको छ। दुई फरक समयमा भिनिसियसमाथि रंगभेदी दुव्र्यवहार गरेका उनीहरुलाई कारबाही गरिएको छ।

गत जनवरीमा प्रशिक्षणमा क्रममा भिनिसियसको पुत्ला जनाउने ४ जनालाई ६० हजार युरो जरिवाना गरिएको छ भने २ वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

यस्तै २ साताअघि भएको भ्यालेन्सियाविरुद्धको खेलमा भनिसियसलाई दुर्व्यवहार गर्ने ३ जनालाई ५० हजार युरो जरिवाना गरिनुका साथै एक वर्ष रंगशाला प्रवेशमा प्रतिबन्ध गरिएको छ।

भिनिसियसमाथि लागतार रंगभेदी दुव्र्यवहार भएपछि ला लिगा र स्पेनिस फुटबल संघको चर्को आलोचना भएको थियो।