खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा लागेपछि फरार रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालतमा उपस्थित भएका छन्।
उनीहरू बुधबार जिल्ला अदालत ललितपुरमा भएका हुन्। दुवैको बयान सकिएर बहस सुरु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो।
यसअघि नै पक्राउ परेका जोशी र पाण्डे धरौटीमा छुटिसकेका छन्।
