लिगको अन्तिम खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि विराटगनर किंग्स नेपाल प्रियिमर लिगको तेस्रो संस्करणको प्लेअफमा पुग्न असफल भएको छ। शनिबार साँझ कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगर लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भयो।
यो जितपछि डिफेन्डिङ च्याम्पियन लुम्बिनी ११ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ। यता, विराटनगरको हारसँगै चितवन राइनोज पनि प्लेअफमा पुगेको छ। यो प्लेअफ पुग्ने चारवटै टिमको टुंगो लागेको छ। जसमा लुम्बिनी र चितवनसँगै काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सपछि प्लेअफमा पुगेका छन्।
विराटनगर दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। अन्तिम २ ओभरमा ३२ रन डिफेन्ड गर्न नसक्दा विराटनगर प्लेफअमा पग्न असफल रह्यो।
लुम्बिनीका लागि ओपनरद्वय डार्शी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। उनीहरूले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए।
निरोशन डिकवेला र दिलिप नाथ खाता नखोली आउट भए भने कप्तान रोहित पौडेल ९रन बनाएर रनआउट भए । विराटनगरका अपराजित पौडेलले १३औं ओभरमा डिकवेला र नाथलाई लगातार आउट गरेपछि विराटनगरले खेलमा पुनरागन गरेको थियो ।
यस्तै, अली शेरखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए। बलिङमा विराटनगरका लागि अपराजित पौडेलले २ र चरिथ अशलंका र रुपेश सिंहले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ४ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए भने शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए।
ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए भने अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे।
बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए।
