सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १०, २०८३

एनपीएलमा दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भीड्दै

राजधानीमा जारी नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ।

विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने चितवनलाई कुशल मल्लले सम्हालेका छन्।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । जनकपुर हर्मित सिंहको कप्तानीमा रहेको छ भने कर्णाली सोमपाल कामीको नेतृत्वमा मैदान उत्रनेछ।

प्रतियोगिताको पहिलो दिन हिजो लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।

कात्तिक ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मङ्सिर ५ गते हुनेछ ।

सेयर गर्नुहोस्

1.1KShares