नेपाल प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदान सोमबार भएको तेस्रो संस्करणको एनपिएलको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो।
सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९.५ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४० र आसिफ शेखले ३२ रन बनाए। बलिङमा सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७, अनिल खरेल १७ र सैफ जैव १३ रन बनाए।
सुदूरपश्चिमलाई सस्तोमा समेट्न लुम्बिनीका शेर मल्ल र किशोर महतोले उत्कृष्ट प्रदर्शन गरेका थिए । किशोर ४, शेरले ३ विकेट लिँदा कप्तान रोहित पौडेल, तिलकराज भण्डारी र शाड्ली भान शाकवाइकले एकएक विकेट लिएका थिए।
