बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

14 Feb, 2025
Share:
117 Shares

सातौं संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०८१ नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताए।

चैत १६ गतेदेखि नेपाल सुपर लिग एनएसएल लिगको तेस्रो संस्करण फुटबल प्रतियोगिता हुनेहुँदा गोल्डकप तत्काल हुन नसक्ने अवस्था रहेको अध्यक्ष लामाले जानकारी दिए।

बागमती प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाको दशैँवटा स्थानीय तहले गत वर्षको बजेट पनि निकासा नगरिदिएका कारणले गोलकप गराउन नसकेको अध्यक्ष लामाले बताए।

‘गोल्डकप आयोजना गर्न सकेनौं। किनभने प्रदेश सरकार र स्थानीय तहले अनुरोध गरेअनुसार बजेट निकासा गरेनन्,’ उनले भने, ‘त्यसैले यो वर्ष प्रतियोगिता आयोजना गर्न सकेनौं।’

अध्यक्ष लामाले प्रतियोगिता आयोजना गर्दा घाटा हुन थालेपछि यस वर्ष मकवानपुर गोल्डकप स्थगित गरेको र मकवानपुर जिल्ला लिगलाई प्राथमिकता दिएको बताए।