बेलिङघमले रातोकार्ड पाएको खेलमा रोकियो रियल, एट्लेटिको पनि रोकियो

16 Feb, 2025

स्टार खेलाडी जुड बेलिङ्घमले रातो कार्ड पाएको खेलमा रियल मड्रिड ला लिगामा बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा रियललाई ओसासुनाले १–१ गोलको बराबरीमा रोकेको हो।

खेलमा रियलका लागि किलियन एम्बाप्पेले गोल गरे भने ओसासुनाका एन्टे बुडामिरले गोल गरेका थिए।

खेलमा अग्रता भने रियलले लियो। १५औं मिनेटमा उसका एम्बाप्पेले गोल गरेका थिए। ३९औं मिनेटमा रियल १० खेलाडीमा समेटियो। अनावश्यक शब्द प्रयोग गरेको भन्दै रेफ्रीले बेलिङ्घमलाई सिधै रातो कार्ड दिएका थिए।

त्यसपछि रियल दबाबमा आएको थियो। ५८औं मिनेटमा ओसासुनाले बराबरी गोल फर्कायो। कामाभिङ्गाकाले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा बुडामिरले गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो।

ला लिगामा रियल तीन खेल यता जित बिहीन छ। उसले तीन खेलमा २ अंक मात्र जोड्न सकेको छ।

यस्तै, मड्रिडकै अर्को क्लब एट्लेटिको पनि बराबरीमा रोकिएको छ। १० खेलाडीमै समेटिएको एट्लेटिकोलाई सेल्टाभिगोले १–१ गोलको बराबरीमा रोकेको हो।

सातौं मिनेटमै एट्लेटिकोका पाब्लो बारियोसले रातो कार्डा पाएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६८औं मिनेटमा इयागो आसपासले गोल गर्दै सेल्टालाई अग्रता दिलाए। ८१औं मिनेटमा अलेक्जेन्डर सोर्लोथले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

बराबरीपछि रियल मड्रिड ५१ अंकसहित शीर्ष स्थानमै छ। एट्लेटिको ५० अंकसहित दोस्रो स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]