राष्ट्रिय यू-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको तयारी पूरा

16 Feb, 2025
Share:
117 Shares

नेपाल महिला रग्बी क्लवको आयोजनामा राष्ट्रिय यु—२० महिना रग्बी सेभेन्स च्याम्पियनसिप २०२५ हँुदैछ। फागुन ६ र ७ गते हुने प्रतियोगितामा ६ प्रदेश र दुई क्लब गरि ८ ओटा टिम सहभागी हुने आयोजकले जानकारी दिएको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश तथा आयोजक टिम नेपाल महिला रग्बी क्लव र हिमालय टाइगर गरी आठ ओटा क्लबहरु सहभागी हुने आयोजक क्लबले जानकारी दिएको हो।

सहभागी टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटमा प्रतियोगिता सञ्चालन गरिनेछ । समुहका शिर्ष २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन्।

प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल सहित ५० हजार नगद र उपविजेता टिमलाई ट्रफि, मेडल सहित ३० हजार रुपैया पुरस्कार राशी गरिएको छ । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफिले सम्मानित गरिनेछ भने सहभागि सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकले सहभागि टिमलाई एकतर्फि यातायात खर्च, खाना खाजा र बसोवासको व्यवस्था गरेको छ । नेपाल महिला रग्बी क्लवले पहिलो पटक राष्ट्रिय स्तरको महिला रग्बी प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको छ।

कार्यक्रमको मुख्य उद्श्य राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने १० औं खेलकुदलाई टेवा पुग्ने र सातै प्रदेशमा महिला खेलाडीेउत्पादन गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरेका बताएका छन्।