सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमानै कीर्तिमान

१४औं एनएसए कप पौडी प्रतियोगिता अन्तरगत पुरुष १०० मिटर बटरफ्लाईमा नेपाल पुलिसका एरभिन श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

उनले सौरेन बहादुर सिंहको नाममा रहेको ५८.६४ सेकेन्डको पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै ५७.५१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर।

पुरुष ४०० मिटर फ्रिस्टाइलमा जेम्सका कल्किन श्रेष्ठले ४ मिनेट १३.२७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। सो स्पर्धामा पुरानो राष्ट्रिय कीर्तिमान उनकै नाममा ४ मिनेट १४.२४ सेकेन्डको थियो।

पुरुष १०० मिटर ब्रेस्ट स्ट्रोकमा आइरन फिन स्पोर्ट्सका जेडेन श्रेष्ठले १ मिनेट ४.५५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे।

५० मिटर फ्रिस्टाइलमा एरभिनले २३.८० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । सो स्पर्धामा पुरानो कीर्तिमान अलेक्जेन्डर शाहको नाममा रहेको २३.९० सेकेन्डको कीर्तिमान भङ्ग गरेका हुन् ।

नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडी पोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटकाǰ लागि यो प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा ३६ टोलीका १५१ जनाको खेलाड्रीको सहभागिात थियो ।

1.3Kशेयर