अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेबनानले सान्त्वना जित

23 Feb, 2025

चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित हासिल गरेको छ। आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २–०ले हरायो।

लेबनानको जितमा क्रिस्टी मालूफ र मे रोज मन्हाले एक(एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । किर्गिस्तानले भने प्रतियोगितामा गोलको खाता खोल्न सकेन ।

१३औं मिनेटमा मालूफले गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन्। २२औं मिनेटमा मान्हाले गोल गर्दै अग्रता दोब्बर पारिन् । त्यसपछि थप गोल हुन सकेन।

लेबनान पहिलो खेलमा म्यानमारसँग ३(१ तथा दोस्रो खेलमा नेपालसँग १–० ले पराजित भएको थियो । कीर्गिस्तान नेपालसँग १(० तथा म्यानमारसँग ५(० ले पराजित भएको थियो।

आजै साँझ समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]