सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

रोमामाथि रियलको उत्कृष्ट कमब्याक जित

स्पेनिस क्लब रियाल मड्रिडले च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन जित निकालेको छ।

बुधबार राति भएको खेलमा रियलले खेलमा २ पटक पछि परेको अवस्टा उल्टाउँदै इटालीको रोमामाथि ४–३ को पुनरागमन जित निकाल्यो।

रियाललाई जित दिलाउन किलियन एमबाप्पे, कार्लोस एस्पी, एन्ड्रिक र एन्टोनियो रुडिगरले गोल गरे भने रोमाका डोन्येल मालेनले दुई तथा मार्टेन डे रुनले एक गोल गरे।

खेलको २०औँ मिनेटमा रुनको गोलमार्फत रोमाले अग्रता लिएको थियो । तर, टोलीले त्यसलाई लामो समयसम्म टिकाउन सकेन। गोल व्यहोरेको पाँच मिनेटपछि नै एमबाप्पेले रियाललाई बराबरीमा ल्याए।

यो एमबाप्पेको १००औँ च्याम्पियन्स लिग खेल थियो । यससँगै २७ वर्षिय एमबाप्पे च्याम्पियन्स लिगमा १०० खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

दोस्रो हाफमा मालेनले चम्किएपछि रोमा ३–१ ले अगाडि बढ्यो। मालेनले ५१ र ५८औँ मिनेटमा गोल गरेका थिए।

दुई गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर ७ मिनेटम ३ गोल गर्दै रियलले जित निकाल्यो। उसका एस्पीले ८३ र एन्ड्रिकले ८५औँ मिनेटमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।

त्यसपछि ९०औं मिनेटमा रुडिगरले गरेको गोल गरेपछि रियल ४–३ले विजयी भयो।

1.3Kशेयर