म्यानमारविरूद्धकाे फाइनलमा नेपालले सुन्दर मौका सदुपयोग गर्न सकेन, पहिलो हाफ गोलरहित बराबरीमा

26 Feb, 2025
Share:
117 Shares

जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो। जस नेपालले गोलका २ सुन्दर अवसर सिर्जना गरेको थियो, तर नेपाली खेलाडीले फिनिसिङ टच दिन सकेनन्।

३५औं मिनेटमा रेखा पौडेल र ४३औं मिनेटमा सावित्रा भण्डारीले मौका खेर फाल्दा नेपाले अग्रता लिने अवसर गुमाएको हो।

खेलमा म्यानमारले पनि केही अवसर सिर्जना गरेपनि खतरनाक अवसर भने थिएन।

नेपाली महिला टिम पहिलो उपाधिको खोजीमा छ। नेपाली टिम यसअघि खेलको १२ फाइलनमै पराजित भएको छ।