मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

1 Mar, 2025
Share:
117 Shares

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार अपरान्ह दशरथ रंगशालामा भएको खेलमा आयोजक केपी ओली एफसीलाई ४–०को फराकिलो अन्तरले हराउँदै मछिन्द्र फाइनलमा पुगेको हो।

मछिन्द्रका लागि स्टेफेन जमालाले दुई तथा मनिष डाँगी, रोशन रानाले गोल गरे। मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

३८औं मिनेटमा मछिन्द्रका मनिषले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। ४९औं मिनेटमा रोशनले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाए। खेलको ८६औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै मछिन्द्रका स्टेफेनले टोलीलाई तेब्बर अग्रतामा पु¥याए। पुनः ९०औं मिनेटमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पु¥याए।

अब मछिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिष्पर्धा गर्नेछ। आर्मीले पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल खेल सोमबार हुनेछ।

फाइनल हेर्न लिजेन्ड गोलकिपर जियानलुजी बुफोन पनि आउने छन्। उनी भोलि नेपाल आइपुग्नेछन्।

प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।