सामग्रीमा जानुहोस्
शुक्रबार, असोज ३०, २०८३

फागुनमा नेपाल फुटबल लिग हुने, ७ टिम सहभागी लिग होम एन्ड अवेमा

आगामी फागुनमा पहिलो संस्करणको नेपाल फुटबल लिग (एनएफएल) प्रतियोगिता हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै एनएफएलको घोषणा गरिएको हो। लिग १ गतेदेखि सुरु हुनेछ।

कार्यक्रममा नेपाली फुटबलमा नयाँ अध्याय सुरु गर्ने उद्देश्यसहित योजना अघि सारिएको प्रतियोगिताका प्रमुख कल्याण गुरुङ बताए।

लिगले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा(बाट निलम्बनमा परेको अवस्थामा घरेलु फुटबल चलयमान गराउन सहयोग पुर्याउने गुरुङको विश्वास छ।

ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी गरी ७ टोली खेल्ने निश्चित भएको छ। त्यसमा केही टोली थप गर्ने योजना आयोजकको छ। यी टिम नेपाल सुपर लिग खेलेकै टिम हुन्।

लिग होम एन्ड अवेका आधारमा हुनेछ। लिग करिब ४ महिला सञ्चालन हुने आयोजकले जनाएको छ।

सेयर गर्नुहोस्

461Shares