युनाइटेडकाे खराब लय कायमै, एफए कपबाट पनि बाहिरियो

3 Mar, 2025
Share:
117 Shares

म्यान्चेस्टर युनाइटेड यो सिजन निकै खराब लयबाट गुज्रिरहेको छ। प्रिमियर लिगको तालिकाम मध्यतिर रहेको ऊ एफए कपको पनि अन्तिम १६बाटै बाहिरिएको छ।

सोमबार राति भएको खेलमा फुलहमसँग पेनाल्टी सुटआउटमा ४–३ले पराजित हुँदै युनाइटेड बाहिरिएको हो।

निर्धारित समय र थप गरिएको समयको खेल १–१को बराबरीमा सकिएको थियो। त्यसपछि निर्णय पेनाल्टीबाट गरिएको थियो।

पेनाल्टीमा फुलहमका गोलकिपर ब्रनाड लेनो नायक बने । उनले युनाइटेडका दुई पेनाल्टी बताएका थिए। उनले जेसुवा जक्र्जी र भिक्टर लिन्डेलोफको प्रहार बताएका थिए। युनाइटेडका ब्रुनो फर्नान्डेस, डिएगो डालोट र कासेमिरोले भने गोल गरेका थिए।

यता, फुलमहका विलियन, राहुल जिमिनेज, एन्टोनी रोबिन्सन र सान्डर ब्रेगले गोल गरेका थिए।

त्यसअघि निर्धारित समयमा पनि सुरुआती अग्रता फुलहमले नै लियो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेलका उसका काल्विल बासीले गोल गरेका थिए। ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काएका थिए।