सनिश बने केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी, निराजन उदीमायन खेलाडी

4 Mar, 2025
Share:
117 Shares

डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

सोमबार दशरथ रंगशालामा भएको फाइनलमा मछिन्द्रलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका सनिश सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। फाइनलमा मात्र होइन, उनको प्रदर्शन प्रतियोगिताभर एकनाशको थियो।

योसँगै उनले १ लाख रुपैयाँ नगद र मोटरसाइकल प्राप्त गरेका छन्। उनलाई यो अवार्ड इटालीका लेजेन्ड गोलकिपर जियानलुजी बुफोन प्रदान गरे। उनी फाइनलका प्रमुख अतिथि थिए।

यस्तै, त्रिभुवन आर्मीका निराजन धामी उदीयमान खेलाडीमा बने भने फाइनलमा समेत गोल गरेका मछिन्द्रका स्टेफेन जामाह जालेले सर्वाधिक गोलकर्ता बने। दुवैले नगद ५० हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे।

त्यस्तै मछिन्द्रकै गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे।

त्रिभुवन आर्मी क्लबलाई २(० ले हराउँदै मछिन्द्रले लगातार तेस्रो पटक केपी ओली कपको उपाधि जितेको छ।