च्याम्पियन्स ट्रफी सेमिफाइनल : अस्ट्रेलियाविरूद्ध भारतले पछ्याउला २६५ रनको लक्ष्य?

4 Mar, 2025
Share:
117 Shares

आइसिसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन्।

च्याम्पियन्स ट्रफीको आयोज पाकिस्तान भएपनि भारतले प्रतियोगिता दुबईमा खेलिरहेको छ। दुबईमा जारी खेलमा भारतले जितका लागि २६५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए। उनले ९६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, एलेक्स क्यारीले ५७ बलमा ८ चौका र १ छक्का मद्दतमा ६१ रन बनाए।

यी दुई बाहेक ओपनर ट्रविस हेडले ३९ रन बनाउँदा मार्नस लाबुशेनले २९ रन बनाए।

बलिङमा भारतका मोहम्मद शामीले ३ विकेट लिँदा वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए।