सञ्चालनमा आयो रेडियन्ट क्रिकेट एकेडेमी

5 Mar, 2025
Share:
117 Shares

ललितपुरमा रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ।

एकेडेमीको बुधाबर राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले उद्घाटन गरे।

उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले २००९ मा काठमाडौं क्रिकेट टे«निङ सेन्टरको स्थापना गरेको भन्दै रेडियन्ट क्रिकेट एकेडेमी त्यसैको निरन्तरता भएको बताए।

‘नेपालमा एउटा एकेडेमी खोल्नु पर्छ, नेपालमा क्रिकेटलाई पनि एउटा एकेडेमिक हिसाबले लानु पर्छ । टिभिमा हेरेको र देखेको भरमा मात्र खेलेर हुदैँन् यसलाई राम्रो तरिकाले अगाडि बढाउनु पर्छ भनेर २००९ मा काठमाडौं क्रिकेट टे«निङ सेन्टर भनेर स्थापना गरेका थियौं,’ उनले भने ‘एकेडेमीकोे लागि सबैजनालाई धन्यवाद दिन चाहान्छु। हाम्रो लक्षित वर्ग भनेको विद्यार्थी भएको हुनाले यसमा विद्यार्थी जोडिदा अझ खुसी छु।’

उनले रेडियन्ट क्रिकेट एकेडेमीलाई नेपाललाई विश्वकप जिताउन सक्ने खालको राम्रा खेलाडीहरु उत्पादन गर्न पनि शुभकामना दिएका छन्।